टोकाइमा सम्पन्न पहिलो इन्टर टोकाइ दशैं तिहार कप २०२५ मा NNFC A विजेता
टोयोटास्थित UB Tokai Futsal Club मा आयोजित “1st Inter Tokai Dashain Tihar Cup 2025” भव्य रूपमा सम्पन्न भएको छ। दशैं र तिहारको अवसरमा एकता, मित्रता र खेलभावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न क्षेत्रका नेपाली फुटसल टोलीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै NNFC A ले उपाधि हात पारेको छ। उपविजेता Shizuoka United Black रहँदा तेस्रो स्थान Khukuri FC Nagoya White ले हासिल गरेको हो।
व्यक्तिगत उत्कृष्टता पुरस्कारतर्फ —
🏆 सर्वश्रेष्ठ खेलाडी (Best Player): प्रदीप श्रेष्ठ (NNFC A)
🛡️ सर्वश्रेष्ठ डिफेन्डर (Best Defender): सुमन तामु (NNFC A)
🧤 सर्वश्रेष्ठ गोलरक्षक (Best Keeper): विष्णु केसी (Shizuoka United Black)
⚽ उच्च गोलकर्ता (High Scorer): सुरज गुरुङ (Khukuri FC Nagoya White)
विजेता NNFC A ले ¥200,000 सहित ट्रफी प्राप्त गर्यो भने उपविजेता Shizuoka United Black ले ¥100,000 सहित ट्रफी जित्यो। तेस्रो स्थान Khukuri FC Nagoya White ले ट्रफी प्राप्त गर्यो।
यस प्रतियोगिताको आयोजना Okazaki Brothers FC द्वारा गरिएको थियो, जसले दशैं–तिहार जस्ता महान् चाडहरूको अवसरमा टोकाइ क्षेत्रमा रहेका नेपालीहरूबीच आपसी मित्रता, एकता र खेलप्रेम बढाउने उद्देश्य राखेको थियो।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै टिम, खेलाडी, प्रायोजक तथा दर्शकहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
