News

Seven Samurai Gold Cup 2026 फेब्रुअरी २२ मा शिजुओकामा हुँदै


Seven Samurai Gold Cup 2026 फेब्रुअरी २२ मा शिजुओकामा हुँदै

Shizuoka United को आयोजनामा Seven Samurai Gold Cup 2026 फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी फेब्रुअरी २२ (आइतबार) बिहान १० बजेदेखि शिजुओका प्रान्तको फुजी सिटीस्थित Ropta Dew (Futsal Ground) मा सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेता टोलीले आकर्षक ४ लाख येन, उपविजेताले २ लाख येन तथा सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार येन पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता लाई ५,००० येन प्रदान गरिनेछ।

प्रतियोगिताको प्रवेश शुल्क ४१,००० येन तोकिएको छ। प्रतियोगिताको शीर्ष प्रायोजक Seven Samurai International Co. Ltd. रहेको छ भने Shizuoka United Cricket Club लगायत विभिन्न संघसंस्थाको सहयोग रहनेछ।

आयोजक पक्षका अनुसार, यस प्रतियोगिताले जापानमा बसोबास गर्ने नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीबीच खेल भावना र आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्य राखेको छ।