सेन्दाईमा सम्पन्न New Year Cup 2026: 8848 FC को शानदार उपाधि जित
२०२६ जनवरी १८ आइतबारका दिन FUT MESSE 仙台長町店मा IWANUMA–HARANOMACHI FC (Nepali Futsal Club) द्वारा आयोजित 2nd New Year Cup 2026 भव्य रूपमा सम्पन्न भयो। East Bridge 株式会社 को मुख्य प्रायोजन तथा Royal Koseli Kitchen Sendai र JRF Remit को सह–प्रायोजनमा सम्पन्न प्रतियोगितामा नेपाल, भियतनाम, म्यानमार, इन्डोनेसिया लगायत विभिन्न मुलुकका खेलाडीहरूको सहभागिता सहित १६ टिमबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्दै NYFC 8848 FC (टोकियो) ले अविजित रहँदै उपाधि हात पार्न सफल भयो भने FC MEIKO (भियतनाम) उपविजेता बन्न सफल रह्यो। व्यक्तिगत अवार्डतर्फ FC MEIKO का Phan Van Tein उत्कृष्ट खेलाडी घोषित भए। NYFC 8848 का देवा गुरुङ सर्वाधिक गोलकर्ता बने भने 8848 FC कै प्रविन घर्ति मगर उत्कृष्ट गोलकिपरको रूपमा सम्मानित भए। विजेता टोलीले ¥151,000 प्राप्त गर्यो भने उपविजेताले ¥71,000 पुरस्कार हात पार्यो। साथै Player of the Day, High Scorer र Best Goalkeeper प्रत्येकले ¥5,000 सहित प्रमाणपत्र र मेडल प्राप्त गरे। प्रतियोगिताको एण्ट्री शुल्क ¥30,000 तोकिएको थियो। खेलकुदमार्फत प्रवासी समुदायबीच एकता र मैत्री सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
