News

SAFF U-20 Women’s Championship 2025: बंगलादेशले नेपाललाई ४–० को फराकिलो अन्तरले पराजित


SAFF U-20 Women’s Championship 2025: बंगलादेशले नेपाललाई ४–० को फराकिलो अन्तरले पराजित

बंगलादेशले नेपाललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै साफ यू–२० महिला च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ।
सोमबार ढाकास्थित बशुन्धरा किङ्स एरिनामा भएको निर्णायक खेलमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रूपमा खिताब उचालेको हो।

नेपालका लागि यो खेल जित्नैपर्ने स्थिति थियो, तर बंगलादेशले शुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै खेलमा पूर्ण नियन्त्रण जमायो। बंगलादेशका लागि सागोरिकाले चारवटै गोल गर्दै ह्याट्रिकसहित ऐतिहासिक प्रदर्शन गरिन्। यही प्रतियोगितामा उनको यो दोस्रो ह्याट्रिक हो। उनले कुल ८ गोल गर्दै दोस्रो सर्वाधिक गोलकर्ता बन्न सफल भइन्।

नेपालकी पूर्णिमा राई भने प्रतियोगिताकी उत्कृष्ट गोलकर्ता (Top Scorer) बनिन्, जसले कुल १० गोल गरिन्।

बंगलादेशले दोहोरो राउन्ड-रविन चरणमा खेलेका सबै ६ खेल जित्दै १८ अंकसहित शतप्रतिशत विजय यात्रा पूरा गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो।
स्मरण रहोस्, २०२३ को संस्करणमा पनि बंगलादेशले नेपाललाई नै फाइनलमा ३–० ले हराएर उपाधि जितेको थियो।