PIRO CUP 2026 : ४ लाख येनको आकर्षक पुरस्कार राशीसहित चिबामा फूटसल प्रतियोगिता हुने
PIRO SPORTS द्वारा आयोजना हुने बहुप्रतिक्षित फूटसल प्रतियोगिता “PIRO CUP 2026” आगामी मार्च 15 आइतबार चिबा प्रान्तको Z Futsal Sport Matsudo Tokiwadaira मैदानमा हुने भएको छ। जापानमा बसोबास गर्ने नेपाली समुदायबीच खेलकुदको उत्साह बढाउँदै आएको PIRO SPORTS ले यस वर्ष पनि आकर्षक पुरस्कार राशीसहित प्रतियोगिता आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार प्रतियोगितामा विजेता टोलीले ¥400,000 प्राप्त गर्नेछ भने उपविजेताले ¥200,000 पुरस्कार पाउनेछन्। सेमिफाइनलमा पुगेका टोलीहरूले ¥50,000 प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ता लाई ¥5,000 को पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले ¥41,000 प्रवेश शुल्क तिर्नुपर्नेछ।
प्रतियोगिता चिबा प्रान्तको 〒270-2251 Matsuo, Kanegasaku 字元切2676 मा अवस्थित फूटसल मैदानमा आयोजना हुनेछ। कार्यक्रमबारे थप जानकारीका लागि आयोजक प्रतिनिधि चन्द्र (070-4518-1776), बिशाल (080-5036-2892) र निराजन (090-4526-2425) सँग सम्पर्क गर्न सकिनेछ।
टेक्निकल पार्टनर र मिडिया पार्टनरको साथमा आयोजना हुन लागेको यो प्रतियोगिताले जापानमा रहेका नेपाली खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
