प्रथम पुर्बेली कप फुटसल २०२५ मा काभ्रेली समाज ह्वाइट च्याम्पियन, पनौती ११ उपविजेता
नेपाली समुदायबीच खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्पन्न प्रथम पुर्बेली कप फुटसल प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा काभ्रेली समाज ह्वाइटले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियनको उपाधि हात पारेको छ भने उपाधि निर्धारणको रोमाञ्चक फाइनल खेलमा पनौती ११ उपविजेतामा सीमित भएको छ।
प्रतियोगितामा काभ्रेली समाज ब्ल्याक र राइजिङ नेपाल ए सेमिफाइनल चरणसम्म पुगेका थिए। विजेता टोली काभ्रेली समाज ह्वाइटले ¥४,००,००० नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता पनौती ११ ले ¥२,००,००० नगदसहित ट्रफी र मेडल हात पारेको छ। यसैगरी, सेमिफाइनलमा पुगेका दुई टोलीहरूले जनही ¥५०,००० नगद पुरस्कार प्राप्त गरेका छन्।
फुटसल मार्फत नेपाली युवाबीचको आपसी सद्भाव र खेलप्रतिको उत्साहलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगिता नेपाली खेल क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि भएको आयोजकहरूले बताएका छन्।
