News

पनौती ११ फुटबल क्लबको आयोजनामा स्माइल गोल्डकप २०२५ सफलतापूर्वक सम्पन्न


पनौती ११ फुटबल क्लबको आयोजनामा स्माइल गोल्डकप २०२५ सफलतापूर्वक सम्पन्न

पनौती ११ फुटबल क्लबको आयोजनामा सञ्चालन गरिएको Smiles Gold Cup 2025 सफलतापूर्वक सम्पन्न भएको छ। जापानमा रहेका नेपाली समुदायबीच फुटसलको विकास, आपसी सद्भाव र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा कुल ३२ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको सफल आयोजना तथा सञ्चालनमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी हातहरू, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू तथा प्रतियोगितामा सहभागिता जनाउने सबै टिमहरूप्रति आयोजक पनौती ११ फुटबल क्लब परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यस प्रतियोगिताको Title Sponsor का रूपमा सहयोग पुर्‍याएको Smiles Mobile & Connect का कर्मा सिंह घिसिङ र ललित चाम्लिङ राईप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ। उहाँहरूको माया, विश्वास र निरन्तर सहयोगले प्रतियोगितालाई थप सफल र भव्य बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। साथै, आगामी दिनहरूमा पनि यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी प्रतियोगिताको Co-Event Partner का रूपमा सहयोग गर्ने RITISHA CO. LTD तथा कम्पनीका Romeo Manandhar लाई पनि आयोजकले धन्यवाद ज्ञापन गरेको छ।

Oizumi FC ले Panauti–11 Red लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।अर्को सेमिफाइनलमा Rising Nepal Youth Club ले Kawasaki Bulls FC लाई ५–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

प्रतिस्पर्धात्मक फाइनल खेलमा Rising Nepal Youth Club ले Oizumi FC लाई ३–२ गोल अन्तरले पराजित गर्दै Smiles Gold Cup 2025 को उपाधि जित्न सफल भएको छ। Oizumi FC उपविजेतामा सीमित रहँदा Kawasaki Bulls FC र Panauti–11 Red सेमिफाइनलिस्ट बनेका छन्।

व्यक्तिगत विधातर्फ Abhinash Tamang ले Best Player, Dipesh Gurung ले Highest Scorer, Arjun Tamang ले Best Goalkeeper र Bishal Karki ले Best Manager को उपाधि जित्न सफल भएका छन्।

अनुशासन, खेल भावना र आपसी सद्भावलाई आत्मसात् गर्दै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन सहभागी सबै टिमहरूको योगदान अत्यन्तै प्रशंसनीय रहेको आयोजकको भनाइ छ। यस प्रतियोगिताले जापानमा नेपाली फुटसलको प्रवर्द्धनमा थप टेवा पुर्‍याउनुका साथै नेपाली समुदायबीच भाइचारा मजबुत बनाउने विश्वास लिइएको छ।

कार्यक्रमको क्रममा आयोजकको तर्फबाट कुनै त्रुटि वा कमजोरी हुन गएको भए त्यसप्रति आयोजकले क्षमायाचना गरेको छ। साथै, आगामी संस्करणहरूमा ती कमजोरीहरू सुधार गर्दै अझ व्यवस्थित र उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

Smiles Gold Cup 2025 यस वर्षको अन्तिम प्रतियोगिता रहेको जानकारी गराउँदै आयोजकले आगामी नयाँ वर्ष २०२६ को अवसरमा सबैमा सुख, शान्ति, स्वास्थ्य र सफलताको कामना समेत व्यक्त गरेको छ।