News

७औँ U-10 REALE CUP 2025 मा नेपाली U-10 टिमको राम्रो प्रदर्सन


७औँ U-10 REALE CUP 2025 मा नेपाली U-10 टिमको राम्रो प्रदर्सन

अक्टोबर ५, २०२५ आइतबारका दिन शिजुओका प्रान्तको Ito Citizen’s Athletic Ground (Artificial Turf) मा “७औँ U-10 REALE CUP 2025” सम्पन्न भएको छ।  “A Day of Connecting Thoughts Through Football” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता बिहान १०:०० देखि साँझ ५:०० बजेसम्म भएको थियो।

यस प्रतियोगितामा NJFA, FC C.E.L, FC ITO, FC neo, FC East Izu, Shimizu West SSS, Shimomaruko Shooters, Mare FC, Roputa Fuji र FC REALE गरी १० टिम सहभागी भएका थिए। 

यस वर्षको उपाधि FC C.E.L ले जित्यो भने Shimomaruko Shooters उपविजेता बने।

नेपालबाट प्रतिनिधित्व गरेको NJFA U-10 टोलीले ५ खेलमध्ये १ खेलमा जित हात पार्दै राम्रो प्रदर्शन गरेको थियो। यद्यपि परिणाम अपेक्षाअनुसार नआए पनि खेलाडीहरूले उत्कृष्ट जुझारूपन, आत्मविश्वास र खेलप्रेमी भावना प्रदर्शन गरेका थिए।

खेलाडीहरू टोकियो र शिजुओकाका विभिन्न क्षेत्रहरूबाट आएका भएकाले टोलीमा समन्वय र अनुभवको कमी देखिए पनि यस प्रतियोगिताले सबै खेलाडीहरूलाई मूल्यवान् अनुभव र अन्तरसंस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्‍यो।

यो प्रतियोगितामा NJFA को व्यवस्थापनमा U-10 नेपाली टोलीका खेलाडीहरूले निकै मिहेनतका साथ रमाइलो गरि खेलेका  थिए।
भविष्यमा पनि NJFA ले यस किसिमका प्रतियोगितामा सहभागिता जनाउँदै जाने योजना बनाएको छ।

NJFA तर्फबाट जापानस्थित सम्पूर्ण नेपाली समुदाय, अभिभावक, खेलाडी, खेलाडी उपलब्ध गराई सहयोग पुर्‍याउने Asian Bridge School तथा अन्य सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
त्यस्तै, हाम्रो जर्सी प्रायोजक र NRNA Japan प्रति पनि निरन्तर सहयोगका लागि हार्दिक आभार प्रकट गरिएको छ।

यसै अवसरमा, टोली निर्माण, प्रशिक्षण र तयारीका क्रममा सहयोग पुर्‍याउने कोच तथा NJFA का सदस्यहरू, साथै यो प्रोजेक्टमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद प्रकट गरिएको छ।

 NJFA U-10 नेपाल टोलीका खेलाडीहरू
1. Sahan Khadka
2. Ozush Subedi  
3. Arushu pulami 
4. Sulav Shrestha
5. Arnav Sapkota 
6. Bhandari Unique 
7. Gharti Magar Prachalit
8.  SHRISH BHANDARI 
9. Sourab Baruwal 
10. Aryan Pandey 
11. Nevyn neure 
12. Nivic Neure 
13. Kusan Bhandari
14. Swopnil shah
15. Riyan karki