ओकाजाकी ब्रदर्स एफसीद्वारा Inter Tokai Dashain Tihar Cup 2025 हुने
ओकाजाकी ब्रदर्स एफसीको आयोजनामा Inter Tokai Dashain Tihar Cup 2025 आगामी अक्टोबर १२, आइतबारका दिन भव्यतापूर्वक आयोजना हुने भएको छ। यो प्रतियोगिता महान चाड दशैं र तिहारलाई सम्मान गर्दै टोकाई क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकता, मित्रता र खेलभावनामा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको टाईसिट अक्टोबर ४ मा सार्वजनिक गरिनेछ। च्याम्पियन टोलीले ¥२००,००० सहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई ¥१००,००० सहित ट्रफी प्रदान गरिनेछ। तेस्रो स्थान हासिल गर्ने टोलीले ट्रफी प्राप्त गर्नेछ। साथै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स र उच्च स्कोरर पुरस्कार पनि प्रदान गरिनेछ।
ओकाजाकी ब्रदर्सले सम्पूर्ण नेपाली फुटसल टिमहरूलाई यस ऐतिहासिक इभेन्टमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न र समुदायबीच मित्रता गाढा बनाउन हार्दिक अनुरोध गरेको छ।
