New Year Cup Sendai 2026 जनवरी १८ मा आयोजना हुँदै
जापानको सेन्दाइमा रहेको इवानुमा–हारानोमाची एफसीको आयोजनामा 2nd News Year Cup Sendai 2026 आयोजना हुने भएको छ। प्रतियोगिता आगामी आइतबार, जनवरी १८, २०२६ का दिन FUT MESSE 仙台長町店 मा सम्पन्न हुनेछ।
प्रतियोगितामा विजेता टोलीले १ लाख ५१ हजार येन, उपविजेताले ७१ हजार येन पुरस्कार प्राप्त गर्नेछन्। साथै, प्लेयर अफ द डे, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपर लाई ५,००० येनसहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको प्रवेश शुल्क ३०,००० येन तोकिएको छ। प्रतियोगिता सफल बनाउन East Bridge मुख्य प्रायोजकको रूपमा रहेको छ भने विभिन्न सह–प्रायोजक तथा साझेदार संस्थाहरूको समेत सहयोग रहनेछ।
आयोजकका अनुसार, यस प्रतियोगिताले जापानमा रहेका नेपाली फुटसल खेलाडीहरूलाई प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्ने राम्रो अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
