News

नेपाली बालबालिकाका लागि जापानमा पहिलोपटक फुटबल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न


नेपाली बालबालिकाका लागि जापानमा पहिलोपटक फुटबल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न

 

वाराबी, जापान – २ अगस्ट २०२५
नेपाल जापान फुटबल संघ (NJFA), जापानको आयोजनामा नेपाली बालबालिकाहरूका लागि पहिलोपटक आयोजित फुटबल प्रशिक्षण कार्यक्रम आज २ अगस्टका दिन सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम वाराबीस्थित निशिकिचो स्पोर्ट्स हिरोबा (तोदा स्टेशनबाट पैदल १२–१३ मिनेट) मैदानमा बिहान ९:०० देखि ११:०० बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा ४३ जना नेपाली बालबालिकाहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्देश्य जापानमा रहेका नेपाली बालबालिकाहरूको खेलकुद विकास तथा शारीरिक तन्दुरुस्तीमा सहयोग पुर्‍याउनु हो। प्रशिक्षणमा बालबालिकाहरूलाई फुटबलका आधारभूत ज्ञानदेखि व्यवहारिक अभ्याससम्मको प्रशिक्षण प्रदान गरिएको थियो।

नेपाल जापान फुटबल संघ (NJFA) परिवारको तर्फबाट पूर्व अध्यक्ष तथा नेपाली राष्ट्रिय टिमका पूर्व मिडफिल्डर बसन्त गौचनलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ। उहाँको प्रेरणादायी नेतृत्व, व्यापक अनुभव र सक्रिय सहभागिता बिना यो कार्यक्रम सम्भव हुने थिएन।

उहाँको मार्गदर्शनले प्रशिक्षार्थी मात्र नभई आयोजक टोलीमा पनि उत्साह र आत्मविश्वास थपेको NJFA अध्यक्ष रोशन बजिमयले बताए।


कार्यक्रमलाई निरन्तरता दिँदै आगामी हप्ताहरूमा पनि विभिन्न स्थानहरूमा प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिने NJFA ले जनाएको छ।

⚽ मुख्य प्रशिक्षक:

बसन्त गौचन
(पूर्व नेपाली राष्ट्रिय खेलाडी तथा NJFA का पूर्व अध्यक्ष)

👥 NJFA प्रतिनिधि प्रशिक्षकहरू:

  • रोशन बजिमय, अध्यक्ष

  • सुजित थापा मगर, उपाध्यक्ष


📅 आगामी प्रशिक्षण तालिका

🏟️ वाराबी (Nishikicho Sports Hiroba):

  • ९ अगस्ट, बिहानी ९:०० – ११:००

  • १६ अगस्ट, बिहानी ९:०० – ११:००

  • २३ अगस्ट, बिहानी ९:०० – ११:००

  • ६ सेप्टेम्बर, बिहानी ९:०० – ११:००

🏟️ ICHIKAWA (Edogawa Riverbed Green Space):

  • प्रत्येक आइतबार, बिहान ९:०० – ११:००

📞 सम्पर्क:

  • बिशाल कार्की

  • कमल बलाल