नेपाली बालबालिकाहरूका लागि फुटबल प्रशिक्षण सुरु हुँदै
नेपाल जापान फुटबल संघ (NJFA) को आयोजनामा नेपाली बालबालिकाहरूलाई लक्षित गर्दै फुटबल प्रशिक्षण कार्यक्रम सुरु हुन लागेको छ। यस कार्यक्रमको नेतृत्व हाम्रा प्रिय पूर्व राष्ट्रिय खेलाडी तथा NJFA का पूर्व अध्यक्ष बसन्त गौचन, पूर्व उपाध्यक्ष बिशाल कार्की, साथै अन्य अनुभवी नेपाली खेलाडीहरूको सक्रिय संयोजनमा भइरहेको छ।
टोक्यो र वरपरका सम्पूर्ण नेपाली अभिभावकहरूलाई आफ्ना छोराछोरीहरूलाई यो प्रशिक्षण कार्यक्रममा सहभागी गराइ फुटबलप्रतिको रुचि र क्षमतामा अभिवृद्धि गर्न हार्दिक अनुरोध गरिन्छ।
⚽ प्रशिक्षण तालिका (Warabi):
स्थान: 錦町スポーツ広場, 蕨(Warabi)
🗓️ मिति र समय:
-
अगस्ट २ (शनिबार) बिहान ९:०० – ११:००
-
अगस्ट ९ (शनिबार) बिहान ९:०० – ११:००
-
अगस्ट १६ (शनिबार) बिहान ९:०० – ११:००
📞 सम्पर्क व्यक्ति:
-
बसन्त गौचन
-
सुजित थापा मगर
-
चन्द्र घर्ती मगर
-
ओम थापा मगर
-
सुरज लामा
-
अजय गुरुङ
-
ऋतन श्रेष्ठ
-
साजन प्रधान
⚽ प्रशिक्षण तालिका (Ichikawa):
स्थान: Edogawa Riverbed Green Space, Ichikawa
**🗓️ प्रत्यक आइतबार बिहान ९:०० – ११:००
📞 सम्पर्क व्यक्ति:
-
बिशाल कार्की
-
कमल बलाल मगर
📢 विशेष जानकारी:
हामी नेपाली बालबालिकाहरूको एउटा U-10 टिम गठन गर्ने तयारीमा छौं, जसलाई जापानमै आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने लक्ष्य राखिएको छ।
🏆 आगामी प्रतियोगिता विवरण:
प्रतियोगिता: Reale World U-10 Cup 2025
मिति: अक्टोबर ५, २०२५
स्थान: Izu
आउनुहोस्, हामी सबै मिलेर जापानस्थित नेपाली समुदायका बालबालिकाहरूको खेलकुद विकासमा सार्थक योगदान पुर्याऔं!
नेपाल जापान फुटबल संघ (NJFA)
"खेलकुदको माध्यमबाट एकता, अनुशासन र भविष्य निर्माण"
