News

नोभेम्बर १, २०२५ मा NNFC Futsal Cup 2025 आयोजना हुने


नोभेम्बर १, २०२५ मा NNFC Futsal Cup 2025 आयोजना हुने

नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले “Football For Brotherhood” भन्ने मूल नाराका साथ आउँदो नोभेम्बर १, २०२५ (शनिबार) का दिन एनएनएफसी फुटसल कप–२०२५ भव्य रूपमा आयोजना गर्ने भएको छ।

प्रतियोगिता UB Tokai Futsal Club, Aichi Ken Toyota Shi Koshidocho Higashikosa मा हुनेछ। यस रोमाञ्चक प्रतियोगितामा विजेता टिमले ¥4,11,111 सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ¥2,11,111 सहित ट्रफी र मेडल हात पार्नेछ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान दिइनेछ।

सर्वोत्कृष्ट खेलाडी (Best Player): ¥5,000 + ट्रफी

सर्वोत्कृष्ट गोलकिपर (Best Keeper): ¥5,000 + ट्रफी

सर्वाधिक गोलकर्ता (Highest Scorer): ¥5,000 + ट्रफी

प्रत्येक क्वार्टर फाइनलदेखि म्यान अफ द म्याच (Man of the Match) पनि घोषित गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमले प्रवेश शुल्क ¥40,000 बुझाउनुपर्नेछ।

अधिक जानकारीका लागि सम्पर्क:

📞 रोशन गुरुङ: 090-9574-8152

📞 नवराज क्षेत्री: 070-9312-3245

📞 बाबिन घले: 070-2435-4743