Kyoto Royals Youth club सन्तोष मेमोरियल कप २०२५ को च्याम्पियन
Yokkaichi Friendship Club को आयोजनामा जापानको सुजुका फुत्सल क्लबमा सम्पन्न चौथो सन्तोष मेमोरियल कप २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। डिसेम्बर १३ मा बिहान १० बजेदेखि राति १० बजेसम्म चलेको प्रतियोगितामा जापानमा सक्रिय विभिन्न नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतिस्पर्धात्मक खेलहरूबीच सम्पन्न फाइनल खेलमा Kyoto Royals Youth Club ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भयो। उपाधिसँगै Kyoto Royals Youth Club प्रतियोगिताको च्याम्पियन घोषित भएको हो। त्यस्तै, दमदार खेल प्रदर्शन गरेको Beni FC ले प्रतियोगिताको उपविजेता स्थान हासिल गर्न सफल भयो।
प्रतियोगिताका क्रममा खेलाडीहरूको उच्च स्तरको खेल कौशल, अनुशासन र खेल भावना प्रशंसनीय रहेको आयोजकले जनाएको छ। साथै प्रतियोगिताले जापानमा रहेका नेपाली युवाहरूबीच आपसी मित्रता, खेलकुद संस्कृतिको विकास र प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ।
आयोजक संस्थाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै टिम, खेलाडी, समर्थक तथा प्रायोजकहरूलाई धन्यवाद व्यक्त गरेको छ।
