जापानमा 3rd NRNA FUTSAL RUNNING CUP 2026 हुने
गैरआवासीय नेपाली संघ (NRNA) जापानले आगामी २०२६ अप्रिल ५ आइतबार शिजुओका प्रिफेक्चरको फुजी सहरमा तेस्रो NRNA फुत्सल रनिङ कप 2026 आयोजना गर्ने भएको छ। नेपाली समुदायबीच खेलकुदमार्फत एकता, मैत्री र सकारात्मक ऊर्जा फैलाउने उद्देश्यले निरन्तरता दिइँदै आएको यो प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। 〒416-0909 Shizuoka, Fuji, 字Matsuoka, 船場 2147-23 मा हुने प्रतियोगितामा सहभागी टिमहरूले ¥41,000 प्रवेश शुल्क तिर्नुपर्नेछ।
प्रतियोगितामा विजेता टिमले ¥400,000, दोस्रो हुने टिमले ¥200,000 र सेमिफाइनलसम्म पुग्ने टिमहरूले ¥50,000 प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत पुरस्कारका रूपमा बेस्ट प्लेयर, हाई स्कोरर र बेस्ट किपर प्रत्येक विधामा ¥10,000 सहित ट्रफी प्रदान गरिनेछ। कार्यक्रम NRNA Japan द्वारा आयोजना, NRNA Japan Regional Committee को सहयोग र NRNA Japan LCC Shizuoka को सह–आयोजनमा सम्पन्न हुनेछ। प्रतियोगिताको टेक्निकल पार्टनर NJFA र मिडिया पार्टनर goaljapan.com रहेका छन्।
सहभागी हुन इच्छुक टिमहरू वा ब्रिस्तित जानकारीको लागि Deeps MGR (070-6555-3922), Suman Paudel (080-6759-2062), Sagar Karki (080-3991-4175), Navin Deep (080-8257-9393), Bipin Shrestha (090-3525-2836), Debendra Tamang (070-1599-2125) लाइ सम्पर्क गर्न सक्नेछन्। आयोजकका अनुसार जापानभरका नेपाली टिमहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ र खेलकुदले समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरिएको छ।
