News

जापानको चिबामा आगामी 4th Narita Nepal Futsal Tournament आयोजना हुने


जापानको चिबामा आगामी 4th Narita Nepal Futsal Tournament आयोजना हुने

जापानको चिबा प्रान्तमा आगामी 4th Narita Nepal Futsal Tournament आयोजना हुने भएको छ। नेपाली समुदायद्वारा आयोजना गरिने यो प्रतिष्ठित प्रतियोगिता २०२६ मे २४, आइतबार बिहान ९:०० बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा विजेता टिमले ¥400,000, उपविजेताले ¥200,000, र सेमिफाइनलिस्ट टिमहरूले जनही ¥50,000 पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा उच्च स्कोररलाई जनही ¥5,000 नगद पुरस्कारसहित सम्मान प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ¥41,000 प्रवेश शुल्क तिर्नुपर्नेछ। दर्ता गर्ने अन्तिम मिति मे १६ तोकिएको छ भने टाई–सिट मे १७ मा सार्वजनिक गरिनेछ। खेल मैदान चिबाको ゼットフットサルスポルト松戸常盤平 मा हुनेछ।

कार्यक्रमलाई Laxmi Remit ले इभेन्ट पार्टनरको रूपमा समर्थन गरेको छ भने GoalJapan.com मिडिया पार्टनर रहनेछ। दर्ता तथा अन्य जानकारीका लागि Prabin (070-7535-6060), Tshering (090-8490-3525), Suman (080-2775-628), र Oshan (070-9093-8165) मार्फत सम्पर्क गर्न सकिनेछ।