News

इचिकावामा नेपाली बालबालिकाहरूको फुटबल प्रशिक्षण सफलतापूर्वक सम्पन्न


इचिकावामा नेपाली बालबालिकाहरूको फुटबल प्रशिक्षण सफलतापूर्वक सम्पन्न

आज आइतबारको दिन इचिकावामा आयोजना गरिएको नेपाली बालबालिकाहरूको नियमित फुटबल प्रशिक्षण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ।

गर्मी मौसमको बाबजुद पनि बालबालिकाहरूको सक्रिय सहभागिता कार्यक्रमको मुख्य आकर्षण बन्यो। प्रशिक्षणमा सहभागी सबै बालबालिकाहरू, साथै समर्पित प्रशिक्षकद्वय विशाल कार्की र कमल बलाल मगरलाई आयोजक पक्षबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

नेपाल जापान फुटबल संघ (NJFA) तथा आयोजनाकर्ताहरूले सम्पूर्ण नेपाली फुटबल क्लबहरू र जापानभरका नेपाली समुदायलाई प्रशिक्षणमा अझ धेरै बालबालिकाहरूलाई सहभागी गराउन साथ र सहयोगको लागि आग्रह गरिएको छ। 

🗓️ आगामी प्रशिक्षण विवरण:
मिति: हरेक आइतबार
समय: बिहान ९:०० – ११:००
स्थान: इचिकावा (Edogawa Riverbed Green Space)

✨ "आउनुहोस्, हामी सबै मिलेर बालबालिकाको भविष्य उज्यालो बनाऔं!" 🇳🇵⚽