News

Friends FC र Kalbhairav FC द्वारा Veterans Cup 2025 तयारी तीव्र


Friends FC र Kalbhairav FC द्वारा Veterans Cup 2025 तयारी तीव्र

जापानस्थित नेपाली फुटबल समुदायबीच प्रतिक्षित “Veterans Cup 2025” आगामी डिसेम्बर ७ (आइतबार) का दिन टोकियोको हाचिओजीस्थित फुजिमोरी पार्कमा आयोजना हुने भएको छ।
कार्यक्रमको सुरु समय बेलुका ३ बजे (१५:००) बाट सुरु हुने जनाइएको छ।

यस वर्षको प्रतियोगिता Friends FCKalbhairav FC द्वारा संयुक्त रूपमा आयोजना गरिँदैछ। आयोजक समितिका अनुसार यो प्रतियोगिता जापानमा बसोबास गर्ने नेपाली भूतपूर्व खेलाडीहरूबीचको खेल भावना, मित्रता र स्वास्थ्य सुदृढीकरणका लागि आयोजना गरिएको हो।

La hai veterans be ready to rumble!” भन्ने नारा सहितको यो प्रतियोगितामा जापानका विभिन्न सहरहरूबाट अनुभवी खेलाडी टोलीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमले जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव र खेलकुदप्रति रुचि बढाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।