News

फुकुओकामा सम्पन्न ९औं समर कप फुत्सलमा बेनी एफसी विजयी


फुकुओकामा सम्पन्न ९औं समर कप फुत्सलमा बेनी एफसी विजयी

जापानको फुकुओकामा सम्पन्न ९औं समर कप फुत्सल प्रतियोगिता २०२५ मा बेनी एफसीले उपाधि हात पारेको छ। रोमाञ्चक फाइनल खेलमा बेनी एफसीले इभी एफसीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

विजेता बनेको बेनी एफसीले ¥५११,१११ नगदसहित ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता इभी एफसीले ¥२११,१११ नगदसहित ट्रफी र मेडलमा सन्तोष मान्यो।

यस प्रतियोगिताले जापानमा रहेका नेपाली फुटबलप्रेमीहरूबीच आपसी भाईचारा र खेलभावनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिले जनाएको छ।