फिफा वरियतामा नेपाल १७६औं स्थानमा
विश्व फुटबलको सर्वोच्च निकाय फिफा (FIFA) ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको ताजा फिफा विश्व वरियतामा नेपालले आफ्नो स्थान जोगाउन सफल भएको छ। फिफाको नयाँ सूचिअनुसार नेपाल १७६औं स्थानमा यथावत रहेको छ।
दक्षिण एसियाली देशहरूमध्ये नेपाल तेस्रो
दक्षिण एसियाली राष्ट्रहरूको तुलना गर्दा नेपालले तेस्रो स्थानमा आफ्नो उपस्थिति कायम राखेको छ।
-
भारत एक स्थान तल झरेर १३४औं स्थानमा पुगेको छ, तर दक्षिण एसियामै शीर्ष स्थानमा छ।
-
माल्दिभ्स १७१औं स्थानमा रहँदै दोस्रो स्थानमा कायम छ।
-
नेपालपछि बंगलादेश १८४औं स्थानमा चौथोमा,
-
भुटान १८६औं स्थानमा पाँचौंमा,
-
श्रीलंका १९७औं स्थानमा छैठौंमा
-
र पाकिस्तान दुई स्थान उक्लँदै १९९औं स्थानमा पुगेको छ र सातौं स्थानमा रहेको छ।
