एनएनएफसी फुटसल कप–२०२५ सम्पन्न, नागोया विजेता घोषित
एनएनएफसी (Nagoya Nepalese Football Club) द्वारा आयोजित एनएनएफसी फुटसल कप–२०२५ सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त प्रतियोगिता नोभेम्बर १, २०२५ (शनिबार) का दिन UB Tokai Futsal Club, Toyota मा सम्पन्न भएको थियो।
प्रतियोगितामा एनएनएफसी नागोया (NNFC Nagoya) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ भने बेनी एफसी (Beni FC) उपविजेता रह्यो।
विजेता टोलीले ¥4,11,111 सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेताले ¥2,11,111 सहित ट्रफी र मेडल पाएको छ। साथै, प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी (Best Player), उत्कृष्ट गोलरक्षक (Best Keeper), र उच्च गोलकर्ता (High Scorer) लाई पनि विशेष सम्मान गरिएको आयोजक समितिले जनाएको छ।
“Football For Brotherhood” भन्ने नारासहित आयोजना गरिएको यो प्रतियोगिताको प्राविधिक सहयोग Nepal Station Japan (Sagar Dhakal) ले प्रदान गरेको थियो।
प्रतियोगितामा जापानभरिबाट आएका नेपाली फुटबल टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
