News

एनआरएनए गुन्माद्वारा “NRNA Gunma 1st Friendly Futsal Tournament 2026” आयोजना गर्दै


एनआरएनए गुन्माद्वारा “NRNA Gunma 1st Friendly Futsal Tournament 2026” आयोजना गर्दै

गुन्मा, जापान — गैरआवासीय नेपाली संघ (NRNA) गुन्माको आयोजनामा “NRNA Gunma 1st Friendly Futsal Tournament 2026” आगामी जनवरी २, २०२६ का दिन भव्य रूपमा सम्पन्न हुने भएको छ।

 

“स्वास्थ्यका लागि खेलकुद, युवाका लागि खेलकुद र राष्ट्रिय एकताका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताको उद्देश्य गुन्मा प्रान्तमा रहेका नेपाली समुदाय, विशेषगरी युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्दै आपसी सद्भाव, अनुशासन र भाइचाराको भावना विकास गर्नु रहेको छ।

 

प्रतियोगिता Hosogai Futsal Platz, Isesaki, Gunma मा बिहान ९:०० बजेबाट सुरु हुनेछ।

 

आज सम्पन्न lucky draw कार्यक्रम मार्फत प्रतियोगितामा सहभागी टिमहरूको group division सार्वजनिक गरिएको छ। सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरिएको विवरण निम्नानुसार रहेको छ । 

 

🔵 Group A

 • A1: Ota FC

 • A2: Isesaki FC

 • A3: Langer FC

 • A4: Kusatsu FC

 

🔴 Group B

 • B1: Gunma Veteran Oizumi

 • B2: FC AFO A Maebashi

 • B3: Nepal Magar Association Gunma

 • B4: Kalbhairav FC

 

🟢 Group C

 • C1: Tamudhin Kita Kanto

 • C2: Sherpa Sangh Kita Kanto

 • C3: Tamang Samaj Kita Kanto

 • C4: SMS Brother FC

 

🟡 Group D

 • D1: Syangja Samaj Kita Kanto

 • D2: Oizumi FC

 • D3: Lalitpur FC

 • D4: FC AFO B Maebashi

 

🏆 पुरस्कार विवरण प्रतियोगितामा

 • विजेता टिम — ¥110,000

 • उपविजेता टिम — ¥60,000

 • सेमिफाइनलिस्ट टिम — ¥30,000

साथै व्यक्तिगत विधातर्फ High Scorer, Best Goalkeeper, Best Player र Best Defense लाई जनही ¥3,000 नगद पुरस्कार प्रदान गरिनेछ।

NRNA गुन्माले आज group division सार्वजनिक गरे सँगै प्रतियोगिताप्रतिको उत्साह थप चुलिएको बताउँदै सबै सहभागी टिमहरूलाई खेल अनुशासन, खेल भावना र आपसी भाइचारालाई आत्मसात गर्दै प्रतियोगितालाई सफल बनाउन आयोजक टिमले आग्रह गरेको छ ।

 

            

Source:———— एनआरएनए गुन्मा ————