एएफसी यू–२३ छनौटमा नेपाल ताजिकिस्तानसँग ४–० ले पराजित
बुधबारदेखि ताजिकिस्तानमा शुरु भएको एएफसी यू–२३ एसियन कप छनौट प्रतियोगितामा नेपालले निराशाजनक शुरुवात गरेको छ। समूह के मा रहेको नेपालले घरेलु टोली ताजिकिस्तानसँग पहिलो खेलमै ४–० को हार बेहोर्नुपर्यो।
नेपालले अब आफ्नो दोस्रो खेल ६ सेप्टेम्बरका दिन सिरियाविरुद्ध खेल्नेछ भने सोही दिन ताजिकिस्तानले फिलिपिन्ससँग भिड्नेछ। यसअघि सिरियाले समूह के को पहिलो खेलमा फिलिपिन्सलाई २–१ ले हराएको थियो।
छनौट प्रतियोगितामा समूहको विजेता टोलीले सन् २०२६ मा साउदी अरेबियामा आयोजना हुने एएफसी यू–२३ एसियन कपमा स्थान बनाउनेछ। त्यस्तै दोस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीले पनि साउदी अरेबियाको यात्रा तय गर्ने अवसर पाउनेछन्।
