ASO कप २०२५ मा भएको विवादबारे Sagarmatha Futsal Club को आधिकारिक स्पष्टिकरण
जापानको कुमामोतोमा आयोजना गरिएको ASO कप २०२५ फुटसल प्रतियोगिता का क्रममा उत्पन्न विवादबारे Sagarmatha Futsal Club ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। क्लबले खेलकुदमा हार–जित स्वाभाविक हुने र त्यसलाई स्वीकार गर्नु खेलाडी तथा क्लबको दायित्व हुने स्पष्ट गर्दै विवाद उत्पन्न हुनु दुखद भएको जनाएको छ।
Sagarmatha Futsal Club का अनुसार खेल सकिन करिब एक मिनेट बाँकी रहँदा खेल रोकिएर विवाद सिर्जना भएको थियो। त्यस समयसम्म खेलको स्कोर 3-1 ले Sagarmatha FC को पक्षमा रहेको क्लबले उल्लेख गरेको छ। विज्ञप्तिमा खेलको क्रममा भएका केही घटनालाई लिएर गलत व्याख्या र भ्रम फैलिएको दाबी गर्दै वास्तविक अवस्थाबारे स्पष्ट पार्ने प्रयास गरिएको छ।
क्लबले सार्वजनिक गरेको विवरणअनुसार पहिलो विवाद Ohashi FC का खेलाडी विशाल सुनार ले Sagarmatha Futsal Club का खेलाडी सुदिप महतो लाइ हात हालेको अवस्थाबाट बिबाद सुरु भएको थियो ।
त्यसैगरी दोस्रो घटनामा गोल पोस्ट नजिक प्राप्त अवसरमा Ohashi FC का खेलाडी विनोद सुनारले गोलकिपर क्षेत्रमै आएर Sagarmatha Futsal Club का खेलाडीमाथि हात हालेको आरोप क्लबले लगाएको छ। क्लबका अनुसार यी घटनाहरू खेलभावनाविपरीत थिए र त्यसले खेल मैदानको वातावरण बिगारेको थियो।
Sagarmatha Futsal Club ले आफ्ना खेलाडीको सुरक्षाका लागि म्यानेजर रोजिन थापा मगरले हस्तक्षेप गर्दा उनीमाथि समेत हात हालिएको उल्लेख गरेको छ। क्लबले आत्मरक्षाका लागि प्रतिक्रिया जनाउन बाध्य भएको भए पनि आयोजकको निर्णयअनुसार खेल तत्काल रोकिएको जनाएको छ।
अन्त्यमा, Sagarmatha Futsal Club ले आयोजक, सहभागी क्लबहरू तथा दर्शकहरूप्रति सम्मान व्यक्त गर्दै यदि आफ्ना कुनै कमजोरी वा त्रुटिका कारण कसैलाई चोट पुगेको भए क्षमायाचना गरेको छ। साथै भविष्यमा खेल मैदानमा अनुशासन, आपसी सम्मान र खेलाडीको सुरक्षालाई प्राथमिकता दिन सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ।
Sagarmatha Futsal Club को आधिकारिक स्पष्टिकरण

