5th B.F.C. laligurash Cup 2025 सम्पन्न, Beni FC विजेता
सेप्टेम्बर २७, २०२५ शनिबारका दिन ओसाका स्थित FAB Futsal Park Nishikujo मा सम्पन्न 5th B.F.C. laligurash Cup 2025 सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतिस्पर्धात्मक तथा रोचक खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै Beni FC विजेता बन्न सफल भएको छ भने Osaka Brothers उपविजेता बनेका छन्।
यस प्रतियोगितामा विजेताले ¥400,000 नगद, ट्रफी र मेडल प्राप्त गरेका छन् भने उपविजेताले ¥200,000 नगद, ट्रफी र मेडल पाएका छन्। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च स्कोररले जनही ¥5,000 सहित ट्रफी प्राप्त गरेका छन्।
Bentencho FC Osaka को आयोजनामा भएको यस प्रतिष्ठित प्रतियोगिताले जापानमा रहेका नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एकता, स्वास्थ्य र आपसी मित्रता प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजक समितिले जनाएको छ।
