4th Funabashi Dashain Cup 2025 को विजेता बने Oizumi FC
फुनाबाशी, जापान – सेप्टेम्बर २८, २०२५ का दिन सम्पन्न ४औँ फुनाबाशी दशैं कप २०२५ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
प्रतिस्पर्धात्मक खेलहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै ओइजुमी एफसी (Oizumi FC) विजेता बन्न सफल भयो भने आयोजक चन्द्र सूर्य एफसी (Chandra Surya FC) उपविजेता बनेको छ।
त्यसैगरी राइजिङ नेपाल (Rising Nepal) र अल स्टार ह्वाइट (All Star White) सेमिफाइनलसम्म पुग्न सफल भए।
प्रतियोगितामा विजेता टोली Oizumi FCले ¥400,000 नगदसहित ट्रफी र मेडल प्राप्त गरे भने उपविजेता Chandra Surya FCले ¥200,000 नगदसहित ट्रफी र मेडल पाए। सेमिफाइनल पुगेका Rising Nepal र All Star White दुवै टिमले जनही ¥50,000 प्राप्त गरेका छन्।
यसैगरी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च स्कोररले जनही ¥5,000 सहित ट्रफी प्राप्त गरेका छन्।
क्योदाई रेमिटेन्स (Kyodai Remittance) को मुख्य प्रायोजनमा सम्पन्न यस प्रतियोगिताले जापानमा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकता, मित्रता र खेलभावना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले बताएका छन्।
