News

4th Diamond Cup फुटसल प्रतियोगिता November 23 गते नागरेयामामा हुने


4th Diamond Cup फुटसल प्रतियोगिता November 23 गते नागरेयामामा हुने

स्वास्थ्य र सामाजिक सद्भावलाई स्तरोन्नति गर्ने उद्देश्यका साथ “4th Diamond Cup 2025” आगामी November 23, 2025 मा जापानको नागरेयामा सहरस्थित Z Futsal Sport Nagareyama मैदानमा हुने भएको छ।

डायमण्ड नारिताको आयोजनामा र नेपाली फुटबल संघ जापान (NAFA) को प्राविधिक सहयोगमा हुन गइरहेको यस प्रतियोगितामा जापानभरका नेपाली फुटसल टिमहरूले सहभागिता जनाउन आयोजले आहावन गरिएको छ। 

प्रतियोगितामा विजेताले ¥४,००,००० (चार लाख येन), उपविजेताले ¥२,००,००० (दुई लाख येन), र सेमिफाइनलिस्ट टिमहरूले ¥५०,००० का साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै उत्कृष्ट व्यक्तिगत खेलाडीहरूले 
सर्वश्रेष्ठ गोलकर्ता (High Score), सर्वश्रेष्ठ गोलरक्षक (Best Keeper), सर्वश्रेष्ठ खेलाडी (Best Player) र उत्कृष्ट डिफेन्डर (Best Defense) ले जनही ¥५,००० प्राप्त गर्नेछन्।

प्रतियोगिताको प्रवेश शुल्क ¥४१,००० तोकिएको छ।
अधिक जानकारीका लागि हिरा थापा मगर (080-4082-0033) र अमन (070-2215-4617) सम्पर्क गर्न सकिनेछ।

यो प्रतियोगिता खेलकुदमार्फत नेपाली समुदायबीच एकता, स्वास्थ्यप्रेम र आपसी सहयोगको भावना विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक समितिले जनाएको छ।