3rd Kawasaki Bulls Veteran Futsal Tournament राइजिङ नेपालले जित्यो
कानागावाको कावासाकीस्थित Futsal Point Salu Kawasaki मा सम्पन्न 3rd Kawasaki Bulls Veteran Futsal Tournament 2025 मा Rising Nepal FC ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ।
अक्टोबर १२, २०२५ (आइतबार) का दिन आयोजित यस प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीहरू सहभागी थिए। प्रतियोगितामा Rising Nepal, Friends FC, Nepal United, Lamjung FC, Kawasaki Bulls र Kal Bhairab FC गरी जम्मा ६ टिमबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताको फाइनल खेलमा Rising Nepal FC ले Friends FC लाई पराजित गर्दै उपाधि जित्यो। उपविजेता बनेको Friends FC ले पनि खेलभरि सशक्त प्रदर्शन गरेको थियो।
विजेता टिमले ¥50,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले ¥30,000 सहित ट्रफी र मेडल प्राप्त गरे। साथै, MVP, Best Goalkeeper र Highest Scorer ले जनही ¥5,000 सहित ट्रफी प्राप्त गरे।
यस प्रतियोगिताको आयोजना Kawasaki Bulls FC ले गरेको हो। आयोजक टोलीका तर्फबाट निर्ज ग्रग (Niraj Grg) ले सम्पूर्ण सहभागी टिम, खेलाडी, समर्थक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
यो प्रतियोगिता भेट्रान खेलाडीहरूलाई पुनः फुटसल मैदानमा फर्काउने, आपसी मित्रता र खेल भावना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
