News

2nd 8848 Gold Cup अक्टोबरमा हुँदै


2nd 8848 Gold Cup अक्टोबरमा हुँदै

टोकियो, जापान – जापानमा रहेका नेपाली युवा खेलप्रेमीहरूबीच फूटसल खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले न्यू युथ फुटबल क्लब (N.Y.F.C) द्वारा आयोजना गरिएको दोस्रो ८८४८ गोल्ड कप फूटसल प्रतियोगिता आउँदो अक्टोबर महिनामा हुने भएको छ।

यस प्रतिष्ठित प्रतियोगिताको आयोजना ८८४८ NYFC ले गर्दैछ, जसले जापान र नेपालबीचको मैत्री सम्बन्धलाई खेलकुदमार्फत अझ सुदृढ गर्ने लक्ष्य राखेको छ।

प्रतियोगितामा जापानका विभिन्न शहरमा रहेका नेपाली टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। फूटसलप्रेमी नेपालीहरूका लागि यो एक ठूलो खेल महोत्सव बन्ने अपेक्षा गरिएको छ।

एन.वाई.एफ.सी.ले यस किसिमको प्रतियोगिता आयोजना गरेर नेपाली युवाहरूलाई खेलकुदमा सक्रिय गराउँदै समुदायमा एकता र सहकार्यको भावना पनि विकास गराउँदै आएको छ।

कार्यक्रमको थप जानकारी तथा सहभागी हुन चाहने टिमहरूको दर्ता प्रक्रिया चाँडै सार्वजनिक गरिने आयोजकले जनाएका छन्।