1st Purbeli Veterans Cup 2026 सफलतापूर्वक सम्पन्न, Friends Veterans FC विजेता
चिबा, जापानमा सम्पन्न Narayan & Pabitra Shrestha Memorial – 1st Purbeli Veterans Cup 2026 उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भयो। प्रतियोगितामा सहभागी १० वटा भेटेरान टिमहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए, जसमा Friends Veterans FC ले प्रभावशाली प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो भने Rishing Nepal Youth Club उप–विजेता बन्न सफल रह्यो। Mercury Veteran, Friends Veterans FC, Purbeli Veteran FC, Narita Nepal FC, Kawasaki Bulls Veteran, Nepal United FC, Rando Nagoya FC, Lamjung FC, Rishing Nepal Youth Club र Kalvairab Veteran गरी कुल १० टिमहरूको सहभागिताले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाएको थियो।
प्रतियोगिताको मुख्य आकर्षणमध्ये एक विशेष मैत्रीपूर्ण खेल पनि रहेको थियो, जहाँ Purbeli FC (Nepal Women Team) र FC Dragon (Myanmar Women Team) बीच रोमाञ्चक भिडन्त सम्पन्न भयो। दुवै महिला टिमले उत्कृष्ट खेल कौशल, अनुशासन र खेलभावना प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए। यस मैत्रीपूर्ण खेलले नेपाल र म्यानमारका महिला खेलाडीबीचको मैत्री, सम्मान र खेलकुदीय सम्बन्धलाई अझ मजबुत बनाएको आयोजकले जनाएको छ।
आयोजक Purbeli FC (Estd. 2024) ले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै टिम, प्रतिनिधि, दर्शक, समर्थक तथा स्वयंसेवक सदस्यहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, प्रतियोगितालाई सम्भव बनाउन साथ र सहयोग गर्ने प्रायोजक तथा सहयोगी हातहरू प्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहभागिताको अपेक्षा गरिएको छ।
