News

1st Purbeli Veterans Cup 2026 आयोजना हुने


1st Purbeli Veterans Cup 2026 आयोजना हुने

जापानको चिबा प्रान्तमा आगामी Narayan & Pabitra Shrestha Memorial 1st Purbeli Veterans Cup 2026 भव्य रूपमा आयोजना हुने भएको छ। Purbeli FC द्वारा आयोजना गरिएको यो विशेष प्रतियोगिता २०२६ मे १० (आइतबार) का दिन Z-Futsal Matsudo Tokiwadaira, Chiba मा दिउँसो १२:०० देखि ६:०० बजेसम्म सञ्चालन हुनेछ।

यो प्रतियोगिता स्व. नरायण श्रेष्ठ र स्व. पवित्रा श्रेष्ठको सम्झनामा आयोजना गरिएको हो, जसले नेपाली समुदायमा खेलकुद, एकता र सकारात्मक योगदानको भावना जगेर्ना गर्ने उद्देश्य बोकेको छ। आयोजकले यस कार्यक्रमलाई “Honoring Legacy, Celebrating Spirit” भन्ने मूल नारासहित सार्वजनिक गरेका छन्।

प्रतियोगितामा विजेता टिमले ¥150,000 नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ¥70,000 पाउनेछ। प्रवेश शुल्क ¥30,000 तोकिएको छ। खेलकुदमार्फत समुदायलाई जोड्ने उद्देश्यले यो प्रतियोगिता विशेष रूपमा भेट्रान खेलाडीहरू लक्षित गरी आयोजना गरिएको हो, जसले अनुभवी खेलाडीहरूलाई आफ्नो कौशल पुनः प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।

कार्यक्रमका Kit Partner Ngarija रहेका छन् भने Main Sponsor Spice Vino र Technical Support Nepal Japan Football Association (NJFA 2017) रहेका छन् । आयोजकका अनुसार, प्रतियोगिताको तयारी सुचारु रूपमा भइरहेको छ र खेलमैदान, व्यवस्थापन तथा सुरक्षाका सबै पक्षहरू सुनिश्चित गरिएको छ।

नेपाली समुदायमा खेलकुदको माध्यमबाट एकता, मैत्री र सकारात्मक ऊर्जा फैलाउने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले कन्तो क्षेत्रका भेट्रान खेलाडीहरूलाई एकै स्थानमा ल्याउने अपेक्षा गरिएको छ। आयोजकले समुदायका सदस्यहरूलाई खेल हेर्न उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेका छन्।