News

1st Mercury Cup 2026 फुत्सल प्रतियोगिताको टाइसिट सार्बजनिक


1st Mercury Cup 2026 फुत्सल प्रतियोगिताको टाइसिट सार्बजनिक

जापानमा आगामी 1st Mercury Cup 2026 फुत्सल प्रतियोगिताको टाइसिट सार्बजनिक भएको छ । Mercury FC द्वारा आयोजना र Shisha Lounge प्रस्तुत गरेको यो प्रतियोगिता २०२६ अप्रिल २६, आइतबार बिहान ९:०० बजे चिबाको Z Futsal Matsudo Tokiwadaira मैदानमा सुरु हुनेछ।

प्रतियोगितामा नेपाल र जापानका विभिन्न क्षेत्रीय टिमहरू सहभागी हुनेछन्। समूह चरणमा ८ समूह (A–H) रहेका छन्।

  • Group A: Karnali FC, Lamjung FC, Panauti 11 FC, All Star FC White

  • Group B: Kaalvairab FC, Yachiyo Nepal FC, East Nepal FC, FC Yoddha Boys

  • Group C: ADC FC (Chari Foundation), Karnali Samaj FC, Everest Kanagawa FC, 8848 FC Japan

  • Group D: Dhading Samaj FC, Karveli Samaj Japan, Blu Ray FC White, Diamond Narita FC

  • Group E: Friends FC, Mercury FC, Rising Nepal FC, Blu Ray FC Blue

  • Group F: Saino FC, Spice Purbeli FC, Lyanger FC, Shree Ganesh Khukuri FC

  • Group G: Narita Nepal, All Star FC Blue, Tamang Youth FC, Lord Buddha FC

  • Group H: Kawasaki Bulls, Nepal United FC, Tokyo Thunders, Chandra Surya FC

समूह चरणपछि शीर्ष १६ टिमहरू नकआउट चरणमा प्रवेश गर्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै अन्तिममा उपाधि विजेता टिम घोषणा गरिनेछ।

प्रतियोगितामा विजेता टिमले ¥400,000 नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ¥200,000 नगदसहित ट्रफी र मेडल पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा उच्च स्कोररलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ।