1st Inter Tokai Unity Cup आगामी मे ३ मा हुने
नेपाली समुदायका युवाहरूले गठन गरेको Unity Guts समूहले पहिलो पटक “१st Inter Tokai Unity Cup” आयोजना गर्ने तयारी पूरा गरेको छ। प्रतियोगिता २०२६ मे ३ आइतबारका दिन आइची प्रान्तको Toyota सहरस्थित UB Tokai Futsal Club मा हुने भएको छ। आयोजकका अनुसार नेपाली फुटबल टिमहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताको विजेता टिमले २२०,००० येनसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टिमले ११०,००० येन र ट्रफी पाउनेछ। टिम पुरस्कारसँगै व्यक्तिगत विधामा पनि उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स र उच्च स्कोररलाई सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। खेलकुदमार्फत समुदायमा एकता र मैत्रीभाव बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताइएको छ।
प्रतियोगिता मे ३ को बिहानदेखि सुरु हुने र दिनभर प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुने कार्यक्रम रहेको छ। प्रवेश शुल्क ३०,००० येन तोकिएको छ। आयोजकहरूले समयमै दर्ता गर्न आग्रह गर्दै खेलप्रेमीहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूलाई उत्साह दिन अनुरोध गरेका छन्।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि खेल र टिम दर्ता सम्बन्धी थप जानकारीका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ:
पैजा मगर: 090-9470-1672
इशान श्रेष्ठ: 080-5101-0760
राजु लामा: 080-4843-8272
पुजन मानन्धर: 080-3722-4394
लाइ सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। Unity Guts समूहले २०१८ देखि नै समुदायमूलक गतिविधिहरू गर्दै आएको छ र यसपटकको फुटबल प्रतियोगिताले नेपालीहरूलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरिएको छ।
